Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशको राजधानी दाङमा तत्काल नसार्न एमाले रुपन्देहीको माग

बुटवल । नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले बिनापूर्वाधार लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल नसार्न भन्दै ध्यानाकर्षण गराएको छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै दाङमा राजधानीका लागि आवश्यक पूर्वाधारहरू तयार नभएको भन्दै राजधानी सार्ने हतार नगर्न आग्रह गरेका हुन् ।

मुख्यमन्त्री कुलप्रसाद केसीको दवावमा लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अस्थायी संरचनामा सार्न थालेको भन्दै एमालेले विरोध गरेको हो । यसअघि कांग्रेसले विज्ञप्ति जारी गर्दै तत्काल नसार्न आग्रह गरेको थियो ।

एमाले महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ तोकेको थियो । प्रदेश सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू अस्थायी संरचनामा सार्न थालेपछि एमालेले कार्यालयहरू सार्ने हतार नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077