Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा लफडा सुरु, सभापतिमाथि कारबाहीको माग गर्दै उजुरी

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग गर्दै ४७ जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै जिल्ला सभापति न्यौपानेलाई बर्खास्त गर्न माग गर्दै केन्द्रमा पत्राचार गरेका हुन् ।

न्यौपानेले समानुपातिक उम्मेदवारलाई विपक्षी दलका उम्मेदवारको घरमै लगेर भेटघाट गराएको आरोप छ ।

केन्द्रीय कार्यालयमा पठाएको पत्रमा जिल्ला सभापति न्यौपानेलाई कारबाही नगरे सबै सदस्यहरूले पार्टी छाड्ने चेतावनी दिइएको छ ।

सभापति न्यौपानेलाई कारबाहीको माग गर्दै स्वतन्त्र पार्टीका वागमती कोषाध्यक्ष तथा मकवानपुर- १ का उम्मेदवारसमेत रहेका टाकाराज थापा ‘सुरेश’ नेतृत्वको टोलीले हस्ताक्षर अभियान चलाएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077