Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्कटल्यान्डविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्गटनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो।

नामिबियाविरुद्धको पहिलो खेलमा टिम रहेका सोमपाल कामी प्लेईङ-११ मा रहेका छैनन् । सोमपालको स्थानमा करण केसीले मौका पाएका छन् ।

यस सिरिजमा दुबै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल बर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाडेको थियो ।

यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । स्कटल्याण्ड भने २९ खेलमा ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077