Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्लाहीबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ

काठमाडौं । प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका-४ शिवसागर चोकबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले केजी ५ सय ग्राम गाँजासहित लालबन्दी नगरपालिका-५ बस्ने २० वर्षीय हिमाल पाण्डेयसहित एक जनालाई पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077