Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिकेलाई भेटेपछि बाबुरामले भने - सिंहदरवारमा औँला उठाउनेहरू गलत सावित भएकोमा खुशी छु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नेपाल समाजवादी पार्टी नेसपा का अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

डा.भट्टराईले जनमत पार्टीका अध्यक्ष राउत र अन्य पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल र भेटवार्ता भएको बताएका हुन् ।

डा.भट्टराईले सोमबार ट्वीटमार्फत भनेका छन्, ‘मैले संविधान निर्माणका क्रममा संवैधानिक समितिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औँला ठड्याउनेहरू आज गलत सावित भएकोमा खुशी ।’

राउतसँगको भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमा राख्दै भट्टराईले आफूले संविधान निर्माणका क्रममा संवैधानिक

समितिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उनलाई सिंहदरबारमा भेट्दा औँला ठड्याउनेहरू आज गलत सावित भएकोमा खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077