Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतलाई रवि लामिछानेको प्रश्न - दार्चुलामा भेट्ने कि दिल्लीमा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतको दादागिरी स्वीकार्य नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै रविले नेपाल भारतसामु वर्षौदेखि निरिह हुनुको कारणबारे प्रश्न गरेका हुन् । उनले दार्चुलामा भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकार निरीह भएको भन्दै आलोचना गरे ।

विभिन्न बाहनामा नेपाली नागरिक मारिदा पनि नेपाल निरिह बन्नुको कारणबारे प्रश्न गर्दै उनले लेखेका छन्, ‘आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ?

आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका पाना–पाना पल्टाएर बुँदा–बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?’

विगतमा तुइन काटिँदा जयसिंह धामी महाकालीमा बेपत्ता भएको र सडक बनाउँदा विस्फोटबाट आएको ढुंगाले लागेर ९ वर्षका पवन महराको मृत्यु भएको उदाहरण दिँदै सभापति लामिछानेले यस्तो अवस्थामा पनि नेपालको सरकार कहिँ कतै नदेखिएको बताए ।

उनले भनेका छन्,‘दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन ।’

उनले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको आगमन भइसकेको भन्दै यस्ता समस्याका विषयमा नयाँ शिराबाट कुरा गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077