Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस सरकार बनाउन ‘एमालेले साथ दिने’

काठमाडौं । सत्तारुढ गठबन्धन दर्बिलो गरी अघि बढ्ने निर्णय लिइरहेको छ ।

अर्कातिर, कांग्रेस र एमालेका केही उच्च नेता भने दुई दल मिल्नुपर्ने पहलमा लागेका छन्। धेरै साना दललाई समटेर जानुभन्दा दुई ठूला दल मिलेर पाँच वर्षलाई स्थिरता दिनुपर्ने उनीहरूको धारणा छ ।

एमालेका नेताहरूले कांग्रेसलाई एकल सरकार बनाउनसमेत आफूहरूको सहयोग हुने प्रस्ताव राखेका छन्। एमालेका एक उच्च नेता भन्छन्, ‘कांग्रेसले पाँचै वर्षका लागि सरकार बनाओस्। हाम्रो पूर्ण समर्थन रहन्छ। हामी सरकारमा जानुभन्दा पार्टी सुदृढीकरणमा जुट्ने छौं। तर, राजनीतिक स्थिरताका लागि कांग्रेसकै सरकार उचित हुन्छ।’

सत्तारुढ गठबन्धनको बहुमत नभएको र माओवादीले बार्गेनिङ गरिरहेको कारण कांग्रेस पनि एमालेको समर्थनमा सरकार बनाउन लचक छ । देउवा र ओली निकटका नेता यो गृहकार्यमा व्यापक रूपमा लागेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस नेता प्रकाशमानसिंह भेटघाट पनि भइसकेको छ।

एमाले नेतृत्वले कांग्रेसलाई ५ वर्षकै लागि एकल सरकार बनाउन लिखित सहमति नै दिने प्रतिबद्धता पनि जनाएको छ। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077