Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मर्मत गरिएको क्राइमियाको पुलमा पुटिनले चलाए गाडी

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमवार क्राइमिया पुलमा गाडी चलाएका छन् । मुख्यभूमि रुसलाई क्राइमियासँग जोड्ने उक्त पुलमा गत अक्टोबर महिनामा आतंकवादी आक्रमण भएको थियो ।

आक्रमणका कारण पुलमा क्षति पुगेको थियो र अहिले पनि मर्मतको काम चलिरहेको छ । पुटिनले पुल मर्मत गर्ने कामदारहरूसँग भेटघाट गरेका थिए भने मर्मत गरिएको भागमा गाडी पनि चलाएका थिए ।

आक्रमणमा पुलको चारवटा भाग क्षतिग्रस्त भएको थियो । पुलका कतिपय टुक्राहरू समुद्रमा खसेका थिए । घटनामा तीनजना सर्वसाधारणको ज्यान गएको थियो ।

पुल क्षतिग्रस्त भएपछि युक्रेनमा त्यसको खुशियाली मनाइएको थियो । रुसले उक्त आक्रमणको दोष युक्रेन सरकारमाथि लगाएको थियो ।

तर युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पुलमाथि आक्रमणको आदेश आफूले नदिएको बताएका छन् । उक्त आक्रमणपछि रुसले युक्रेनका महत्त्वपूर्ण संरचनाहरूमा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077