Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

दाउरा खोज्न जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा हात्तीले आक्रमण गर्दा एक जना महिलाको मृत्यु भएको छ।

दाउरा खोज्न जंगल पुगेकी बेदकोट नगरपालिका–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकलाई हात्तीले आक्रमण गरेको हो।

हात्तीको आक्रमणबाट धानुकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।

बैजनाथ मध्यवर्ती सामुदायिक वनमा धानुक दाउरा खोज्न पुगेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077