Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

डोटीमा चितुवाको आक्रमणबाट ६ जना घाइते

डोटी । डोटीमा चितुवाले आक्रमणमा गर्दा ६ जना घाइते भएका छन् । जिल्लाको पूर्वी चौकी गाउँपालिका ५ बटाला गाउँका ६ जनालाई चितुवाले आक्रमण गरि घाइते बनाएको हो ।

चितुवाले मगंलबार अपराह्न ५ बजेको समयमा एउटै टोलका ६ जनामाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

चितुवाको आक्रमणबाट शारदादेवी बटाला, उनका ४ वर्षका छोरा सिद्ध बटाला सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षीया हसिना बटाला र किथ्थी गिरी घाइते भएका छन् ।

४ वर्षका सिद्ध बटाला र १५ वर्षीया लाली बटालाको अवस्था केही गम्भीर भए पनि बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बालक सिद्ध बटालालाई घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेपछि बचाउन गएकी उनकी आमा शारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077