Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतले रुस–युक्रेन युद्धको फाइदा उठाइरहेको छ : युक्रेन

एजेन्सी । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले मंगलबार सार्वजनिक रूपमा भारतले रुस–युक्रेन युद्धको फाइदा उठाएको आरोप लगाएका छन् ।

कुलेवाले भारतीय पक्षले यसलाई युक्रेन युद्ध भनेकोमा पनि प्रश्न उठाएका हुन् ।  उनले भने, 'भारतले हाम्रो पीडाबाट फाइदा लिइरहेको छ भने हामीलाई दिइने सहयोग बढाउन त सक्छ।'

यस वर्षको फेब्रुअरी २४ मा रुस र युक्रेनबीच युद्ध सुरु भएदेखि नै भारत सरकारले युक्रेनलाई मानवीय सहायता प्रदान गर्दै आएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको भनाइ सार्वजनिक भएपछि कुलेवाले भारतबारे यस्तो बताएका हुन् । जयशंकरले भारतले अझै पनि युरोपियन युनियनको तुलनामा धेरै कम मात्रामा रुसी तेल खरिद गरिरहेको दोहोर्‍याए।

आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राख्दै भारतले युक्रेन युद्ध सुरु भएदेखि नै सस्तो दरमा उपलब्ध रुसी तेलको आयात बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077