Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नामिबियाविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।

पाहुना टोली नेपालले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

यस सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।

नेपाल र नामिबिया तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुई खेल नामिबियाले जितेको छ । एक खेल भने बर्षाका कारण नतिजा बिहिन भएको अंक छ ।

यस सिरिजको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुँदा अंक बाडिएको थियो ।

यस सिरिजमा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाडेको छ । नामिबियाले ३ खेल खेल्दा १ मा जित,१ मा हार र १ मा अंक बाडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077