काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनबीच भेटवार्ता भएको छ ।
थम्पसनले मंगलबार खुमलटारस्थित दाहाल निवास पुगेर भेटेका हुन् ।
भेटमा दुई देशको सम्बन्ध, नेपालको पछिल्लो राजनीति अवस्था, नेपालको आर्थिक विकासमा अमेरिकाले गर्नसक्ने सहयोग लगायतका विषयमा कुराकानी भएको दाहालको सचिवालय स्रोतले जनाएको छ ।
थम्पसनले प्रचण्डसँगको भेटमा निर्वाचन सम्पन्न भइसकेपछि अब बन्ने सत्ता समीकरणका विषयमा पनि चासो राखेका थिए ।
दाहालले अमेरिका र अमेरिकी जनताले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गरेका थिए ।