Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

भारतीय दूतावास अघि अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौं । भारतले महाकाली नदीको धार परिवर्तन गर्दै अनधिकृत संरचना निर्माण गरिरहेको विरोधमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ।

आज लैनचौरस्थित भारतीय दूतावास जाने बाटोमा उनीहरुले प्रदर्शन गरेका हुन्।

सानो संख्यामा उपस्थित प्रदर्शनकारीहरुले भारतीय विस्तारवादको विरोध गर्दै तत्काल अनधिकृत निर्माण कार्य रोक्न माग गरेका थिए।

भारतीय पक्षले नदीको धार परिवर्तन र अनधिकृत संरचना निर्माण गरेपछि दार्चुलावासीले प्रतिकार गरेका थिए। त्यसक्रममा भारतीय पक्षको ढुंगामुढाबाट केही नेपाली घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077