Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बेल्जियमका कप्तान हाजार्डद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । बेल्जियम स्टार इडेन हाजार्डले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्नयासको घोषणा गरेका छन्।

विश्वकप फुटबलमा बेल्जियम समूह चरणबाटै बाहिरिएपछि फुटबल स्टार हाजार्डले सन्नयास घोषणा गरेका हुन्।

३१ वर्षीय हाजार्डले २०२४ को युरोपियन च्याम्पियनसीप र २०२६ को विश्वकप छनोट खेल्न सक्ने आँकलन गरिएको थियो। तर उनले विश्वकपबाट टिम घर फर्किएलगतै सन्नयास घोषणा गरेका हुन्।

उनले इन्स्ट्राग्राममार्फत सन्नयास घोषणा गर्दै भने, ‘मलाई माया गर्नु भएकोमा धन्यवाद। आजबाट मैले नयाँ अध्यायको सुरुवात गर्दैछु।’

उनले २००८ देखियता निरन्तर दिएको अवसर र यो यात्रामा दिएको सहयोगप्रति सबै समर्थक र खेलकर्मीहरुलाई धन्यवाद दिएका छन। उनले लेखेका छन्, ‘आज मैले अन्तर्राष्ट्रिय खेलाडीको रुपमा मेरो करिअरको अन्त गर्ने निर्णय गरेको छु। अब नयाँ पुस्ता तयार भएको छ। सबैसँग बिताएका क्षणहरु सम्झनामा रहनेछन्।’

उनले आगामी व्यावसायिक यात्रामा रियल म्याड्रिका लागि प्रतिवद्ध भएर प्रतिस्पर्धा गर्ने बताएका छन्।

उनले बेल्जियमका लागि १ सय २६ क्याप जित्दै ३३ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077