Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नियम उल्लंघन गर्ने २६ सवारी चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

काठमाडौं । सवारी नियम पालन नगर्ने २६ सवारी चालकका लाइसेन्स निलम्बन हुने भएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी नियम उल्लंघन गरेका २६ वटा सवारी चालक अनुमती पत्र निलम्बन गर्न विभागमा पठाएको हो ।

पटकपटक नियम उल्लंघन गर्नेहरूको लाइसेन्स निलम्बन गर्न सिफारिस गरिएको सहप्रवक्ता एसपी अवदेश विष्टले जानकारी दिए । एसपी विष्टका अनुसार ती मध्ये एक जनाले ३८ पटक सम्म नियम उल्लंघन गरेका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लंघन गर्नेलाई यो कारबाही गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077