Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनी प्रदेशको लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

खुला तथा समाबेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आयोगले दरखास्त आह्वान गरेको हो ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै आयोगले कर्मचारी माग गरेको छ ।

पुस १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077