Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

थली-साँखु सडक कालोपत्र गर्न माग गर्दै स्थानीयले बन्द गरे सडक

काठमाडौं । लामो समयदेखि सडक कालोपत्रे गर्न माग गर्दै आएका काठमाडौंको थलीका स्थानीयबासीले आज पुनः थली–साँखु सडकखण्ड बन्द गरेका छन्।

‘सडक पीडित जनता’ को नामबाट जारी सूचनामा आज बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख गरिएको छ ।

थली–साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्रे गर्ने भनिए पनि काम सुरू नभएकाले कालोपत्रे नहुन्जेलसम्मका लागि सडक बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि पनि थलीका व्यवसायी र स्थानीयले सडक बन्द गरेर कालोपत्र गर्न माग गरेका थिए। वर्षामा हिलो र हिउँदमा धुलो उड्ने समस्याबाट पीडित स्थानीय यातायात ठप्प पारेर विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077