Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जनादेशको सम्मान गर्दै एमाले प्रतिपक्षमै बस्छ : विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले प्रतिपक्षमा बस्ने बताएका छन् ।

शुक्रबार बुटवल कालिका क्याम्पसको नवौं वार्षिकोत्सवलाई सम्बोधनपछि पत्रकारसँग कुरा गर्दै पौडेलले यस्तो बताएका हुन् ।

उनले मंसिर ४ को चुनावको जनादेश अनुसार एमाले प्रतिपक्षमा बस्ने बताए। पौडेलले भने, ‘एमाले केही सिटले दोस्रो पार्टी बनेको छ, यो जनादेशको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं ।’

नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको दोहोर्याए । चुनावको परिणामबारे पार्टीले छिट्टै समीक्षा गर्ने पौडेलले बताए ।

पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनाहरु पूरा गर्न भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077