Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल बार एशोसिएसनका अध्यक्ष घिमिरेले भने – निलम्बन फुकुवाको पत्र लेख्ने अधिकार संसदका महासचिवलाई छैन

    नेपाल बार एशोसिएसनका अध्यक्ष घिमिरेले भने – निलम्बन फुकुवाको पत्र लेख्ने अधिकार संसदका महासचिवलाई छैन

    सर्वोच्च बारका अध्यक्षको प्रश्न - मुख्यसचिवको पत्रले प्रधानमन्त्रीको पद गए के हुन्छ ?

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 636
    SHARES

    काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले महाअभियोग निलम्बन फुकुवाको पत्र लेख्ने अधिकार संसदका महासचिवलाई नभएको बताएका छन् ।

    संघीय संसदका महासचिव भरतराज गौतमले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।



    बहसका क्रममा उनले संसदको महासचिवको काम, कर्तव्य र अधिकार स्मरण गराउँदै उनले संघीय संसद सचिवालय ऐन दफा ९ अनुसार निलम्बनको फुकुवाको पत्र लेख्ने अधिकार महासचिवलाई नरहेको बताए ।



    यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले मुख्यसचिवको पत्रले प्रधानमन्त्रीको पद गए के हुन्छ ?भनी प्रश्न गरेका छन् ।

    संघीय संसदका महासचिव भरतराज गौतमले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै उनले यस्तो प्रश्न गरे ।

    प्रतिनिधिसभाले महाअभियोग टुंगो लगाउनुपर्नेमा नलगाएको र महाअभियोग सिफारिस समितिले अर्को प्रतिनिधिसभाले टुंगो लगाओस् भनेर सिफारिस गरेको अवस्थामा संसदका महासचिवले निलम्बन फुकुवा गर्न नसक्ने उनको तर्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार