Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कांग्रेस निर्वाचन समितिका संयोजक घिमिरेले दिए राजिनामा

    कांग्रेस निर्वाचन समितिका संयोजक घिमिरेले दिए राजिनामा

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

    पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिएअनुसार घिमिरेले आइतबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका हुन्।





    यता, नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बन्न घिमिरेले संयोजकबाट राजीनामा दिएको बुझिएको छ । उनी लोकतान्त्रिक एवं प्रगतिशील समूहको तर्फबाट अध्यक्ष पदका साझा उम्मेदवार बन्ने चर्चा छ।

    १४औं महाधिवेशनअघि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि कांग्रेस सभापति देउवाले घिमिरेलाई संयोजक मनोनयन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार