Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल बार एसोसिएशनको अध्यक्षमा घिमिरे निर्वाचित

    नेपाल बार एसोसिएशनको अध्यक्षमा घिमिरे निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 918
    SHARES

    काठमाडौं । नेपाल बार एसोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

    अध्यक्षमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् ।



    कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई पराजित गरेका हुन् ।



    २५ सदस्यीय कार्यसमितिका लागि गत चैत १९ मा भएको निर्वाचनमा ७४२९ मत खसेको थियो ।

    त्यस्तै महासचिवमा गठबन्धन उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार