Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ललितपुर बारमा माओवादीनिकट कानून व्यवसायीको प्यानलै विजयी

    ललितपुर बारमा माओवादीनिकट कानून व्यवसायीको प्यानलै विजयी

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 690
    SHARES

    काठमाडौं । ललितपुर बार एसोसिएशनको अध्यक्षमा गणतान्त्रिक, प्रगतिशील, पेसागत कानुन समूहबाट उम्मेदवार राम श्रेष्ठ विजयी भएका छन् ।

    विजयी श्रेष्ठले चार सय १९ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी बृहत् प्रगतिशील, पेसागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट अध्यक्षका उम्मेदवार शशीकुमार कार्कीले १ सय ७० मत प्राप्त गरेको निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनले जानकारी दिए ।



    उपाध्यक्षमा गणतान्त्रिक समूहबाटै बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रीता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जन विजयी भए ।



    महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की खुल्ला निर्वाचित भए भने सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगी विजयी भएका छन् । १५ सदस्यीय कार्यसमितिको अवधि दुई वर्षको हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार