Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सर्वोच्चमा आगो लाग्दा पनि दलहरू टुलुटुलु बसे: अधिवक्ता घिमिरे

    सर्वोच्चमा आगो लाग्दा पनि दलहरू टुलुटुलु बसे: अधिवक्ता घिमिरे

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अधिवक्ता ऋषिराम घिमिरेले न्यायालय गम्भीर मोडमा उभिएको बताए ।

    मंगलबार नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनका क्रममा बोल्दै अधिवक्ता घिमिरेले यस्तो बताएका हुन्।



    प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलहरु मौन बसेमा आक्रोशित हुँदै घिमिरेले भने, ‘न्यायपालिकामा आगो दन्किएको छ । दलहरू टुलुटुल हेरेर बसेका छन्।’



    प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले तेस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।

    धर्नाका क्रममा उनीहरुले कुनै पनि हालतमा जबराको राजीनामा बाहेक अन्य विकल्प नमान्ने उद्घोष गरेका छन् ।

    प्रधानन्यायाधीश राणा अहिले सरकारमा भागवण्डा खोजेको, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कानून विपरित परमादेश जारी गरेको, न्यायपालिकाको नेतृत्व गर्न नसकेको र पदीय मर्यादा कायम राख्न नसकेको जस्तो आरोपका कारण विवादको घेराभित्र फसेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार