Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानन्यायाधीशले अबिलम्ब राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने बार एशाेसिएसनको चेतावनी

    प्रधानन्यायाधीशले अबिलम्ब राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने बार एशाेसिएसनको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । नेपाल बार एशाेसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबिलम्ब राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

    मंगलबार बसेको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने सुझाव दिँदै यदी राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने बताएका हुन्।



    बैठकपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने, ‘आजको बैठकमा ३७ जनाले सुझाव दिने क्रममा ३६ जनाले राजीनामा माग्नुपर्छ भनेका छन्, प्रधानन्यायाधीश जबराले अबिलम्ब राजीनामा गर्नुपर्छ भन्ने ९९ दशमलव ५ प्रतिशत सुझाव रह्यो । बारको त्यो सुझावको आधारमा अबिलम्ब राजीनामा गर्नुभएन भने देशव्यापी रुपमा आन्दोलन गर्नुपर्छ।’



    तर, यस बिषयमा भने प्रधानन्यायाधीश जबराले भने सडकबाट कसैले राजिनामा माग्दैमा नदिने अडान राख्दै आएका छन्। उनले आज बिहान एक अन्तर्वार्तामा पनि आफू बरु महाभियोगको सामना गर्न तयार रहेको भन्दै राजिनामा नदिने बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार