Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अर्घाखाँचीको सीतापुरमा कार दुर्घटना : पाँचजना घाइते, दुईको अवस्था गम्भीर

    अर्घाखाँचीको सीतापुरमा कार दुर्घटना : पाँचजना घाइते, दुईको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 1.1K
    SHARES

    अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा कार दुर्घटना हुँदा पाँचजना घाइते भएका छन । सुपादेउराली मन्दिर दर्शन गरेर बुटवल जादै गरेको ग ३ च १५७९ नम्बरको कार दुर्घटना भएको हो ।

    घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेकोमा प्राथामिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।



    गम्भीर घाइते हुनेमा तनहुँ आवुखैरनी गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षिय कार चालक सिशन त्रिपाठी र सोहि ठाउँकी २५ वर्षिय प्रकृती त्रिपाठी रहेका छन् ।



    यस्तै अन्य तिन जना घाइतेहरु मध्ये ५५ वर्षकी लक्ष्मी त्रिपाठी, ५१ वर्षका अन्सु त्रिपाठी,२८ वर्षिय शिशिर त्रिपाठी रहेको प्रहरीले जनाएको छ । कार सडक देखि ८० मिटर तल खसेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार