Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनआईसी एशियाको नयाँ अफर र थप जानकारी अब भाइबरमा

काठमाडौं । देशभर सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको एनआईसी एशिया बैंकले आफ्नो सम्पूर्ण जानकारी सामाजिक सञ्जाल भाइवरमार्फत दिने भएको छ ।

बैंकको नयाँ अफरबारे जानकारी लिन बैंकले भाइबर कम्युनिटीमा आवद्ध (join) हुन आग्रह गरेको छ ।

बैंकले आफ्नो फेसबुक पेजमार्फत भाइबरमा कसरी आवद्ध (join) हुन सकिन्छ भन्ने बारे पनि उल्लेख गरेको छ ।

एनआईसीको भाइबरमा कसरी हुन सकिन्छ आवद्ध ?
१. आफ्नो मोबाईलमा भएको भाइबर App खोल्नुहोस् ।
२. NIC ASIA Bank सर्च गर्नुहोस् ।
३. अनि join गर्नुहोस् ।

https://bit.ly/3rUySGr लिंकमा गएर सिधै भाइबरमा आवद्ध हुन सकिने पनि बैंकले जनाएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

 






प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077