काठमाडौं । देशका पश्चिम तथा मध्य तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो लागेको छ भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो ।
हिजो शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो । यस्तै दशका अरु ठाउँको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ । पश्चिम तथा मध्य तराई क्षेत्रमा अहिले बिहानीपख लागेको हुस्सु र कुहिरो पनि घाम लागेसँगै क्रमिक रूपमा घट्दै जानेछ ।