Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशमा सरकारविरुद्ध व्यापक प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

एजेन्सी । बंगलादेशमा सरकारविरोध व्यापक प्रदर्शन भएको छ । प्रमुख विपक्षी दलका झण्डै एक लाख समर्थक प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध राजधानी ढाकामा प्रदर्शन गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै नयाँ निर्वाचनको समेत माग गरेका छन् । कार्यक्रममा सबै सात विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सांसदहरूले संसद्बा‍ट राजीनामाको घोषणा गरेका हुन् ।

हसिनाको पार्टीले पहिले नै दुई तिहाइ भन्दा बढी बहुमत पाएको थियो । पश्चिमा सरकार र संयुक्त राष्ट्र संघले बंगलादेशको राजनीतिक वातावरणमा चिन्ता व्यक्त गरेका छन् ।

बंगलादेश एसियामा सबभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र मध्ये एक हो । तर, युक्रेन युद्धले सरकारलाई ग्यास र डिजेल आयात रोक्न बाध्य तुल्याएको छ भने बिजुली कटौती र इन्धनको मूल्यवृद्धिले हालका महिनाहरूमा प्रदर्शनहरू सुरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077