Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेयमारले भने - क्रोएसियासँगको हार लामो समयसम्म याद रहनेछ

एजेन्सी । फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले यो हार लामो समयसम्म याद रहिरहने बताएका छन् ।

सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उनले लेखेका छन्, ‘यो हारपछि म मानसिक रूपमा टुटेको छु । यो यस्तो हार हो जसले मलाई सबैभन्दा बढी चोट पुर्‍याएको छ ।

दुःखको कुरा हो तर यो हार मलाई लामो समयसम्म याद रहनेछ । मैले खेल सकिएपछि १० मिनेटसम्म केही सोच्न सकिनँ, मलाई सुरुमा पक्षाघात भएको जस्तो भयो र त्यसपछि म रुन थालेँ ।’

उनले थपेका छन्, ‘हामी अन्तिमसम्म लड्यौं । मलाई मेरा सहकर्मीहरूप्रति गर्व छ किनभने हाम्रो इच्छा र प्रयासको कमी थिएन । हामी जित्नका हकदार थियौं तर सायद यो ईश्वरको इच्छा थिएन ।’

नेमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो टोली र भगवानलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन नसक्ने लेखेका छन् ।नेयमार अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा समावेश छन् ।

१२४ खेलमा ७७ गोल गर्दै उनले चर्चित फुटबल खेलाडी पेलेको बराबरी गरेका छन् । यद्यपि पेलेले ९२ खेलमा ७७ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077