Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

समानुपातिकमा छुटाइएका अजम्बरले भने - हत्केलामा लगेको आगोको कोइला भुइँमा खसालिदिएँ !

काठमाडौं । समानुपातिकतर्फ आफ्नो नाम समावेश नभएपछि नेकपा माओवादी केन्द्रका नेता अजम्बर राई काङमाङले असन्तुष्टि व्यक्त गरेका छन् । काङमाङले आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर असन्तुष्टि पोखेका छन् ।

प्रचण्ड निवास पुगेका काङमाङले आदिवासी जनजातितर्फ पहिलो नम्बरमा रहेका नाम समानुपातिकमा नपरेको भन्दै गुनासो गरेका थिए ।

भोजपुरमा संघ र प्रदेशमा गठबन्धन जिताउन महत्वपूर्ण भूमिका खेलेका काङमाङ दलित पुरुषबाट रणेन्द्र बराइली समानुपातिक चयन भएपछि उनी सांसद हुनबाट बञ्चित भए।

प्रचण्डलाई भेटेपछि उनले लेखेका छन्, ‘प्रतिनिधिसभा समानुपातिकको सदस्यको उम्मेदवारमा आदिवासी जनजाति क्लस्टरको एक नम्बरमा म अजम्बर राई काङमाङ पनि अटाएकै थिएँ । हिजो आयोगमा बुझाइएको पत्रमा मेरो नाम चाहिँ अटाएनछ ।

’ सूचीबारे छलफल भइरहँदा अध्यक्षलाई भेट्दा सांसद बनाइमाग्न आएको भान र दबाब पर्ला भनेर यसअघि भेट्न नआएको अजम्बरले प्रष्ट्याएका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘म पनि बन्छु भन्नेमा विश्वस्तै थिएँ, तपाईंले एक प्रतिशत मात्रै मेरो पक्षपोषण गरिदिनुभएको भए एकाउन्न प्रतिशत हुनेमा म परिहाल्थ्येँ ।

उहाँले सविस्तार गणित र प्रतिशतका सरल हिसाब सुनाउनु भयो । मनमनै उहाँलाई हान्न भनेर नाङ्गो हत्केलामा मुठ्याएर लगेको झर्राउदो आगोको कोइला तत्कालै भुइँमा खसालिदिएँ।’

प्रदेश १ का सहइन्चार्ज सावित्री काफ्ले ‘समर’ लाई लिएर खुमलटार पुगेका काङमाङले अध्यक्षले थोरै बल गरिदिएको भए आफू पर्ने बताएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077