Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अभिनेत्री वीणाको आफ्नै छोराद्वारा हत्या

एजेन्सी । भारतीय टेलिभिजन सिरियल अभिनेत्री वीणा कपुरको हत्या भएको छ । ७४ वर्षको उमेरमा उनको आफ्नै कान्छो छोरा सचिन कपुरले हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सम्पत्तिको लोभमा सचिनले यस्तो कदम चालेको भारतीय प्रहरीको अनुमान छ । हत्याको आरोपमा सचिनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

वीणालाई सचिनले बेसबलको ब्याटले कुटेर मारेपछि उनको शव घरबाट ९० किलोमिटर टाढा फालिदिएको आरोप लागेको छ ।

मुम्बई प्रहरीका अनुसार उनले आफ्नो अपराध स्वीकार गरेका छन्। सचिनले प्रहरीलाई दिएको बयानअनुसार १२ करोड भारु बराबरको सम्पत्तिका निहुँमा विवाद भएपछि उनले आफ्नो आमाको हत्या गरेका थिए।

वीणा भारतीय टेलिभिजन उद्योगमा एक चर्चित नाम थियो । वीणा कपूरले ‘मित्ते प्यारे नु हाल मुरीदन दा कहना, दलः द ग्याङ र बन्धन फेरों के’ जस्ता फिल्ममा अभिनय गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077