Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मदिरा पसलमा आगलागी, ८० लाख बराबरको क्षति

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलत्तीचौकमा आज साँझ आगलागी भएको छ ।

ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताए । पसलमा आगो लाग्दा करिब रु ८० लाख बराबरको क्षति भएको साहले बताए ।

साहका अनुसार चारवटा रेफ्रिजेरेटर फ्रिज, दुई थान मोबाइल, दुई थान ल्यापटप, एउटा टेलिभिजन, ग्यास चुलो, कुलर, पङ्खा, हिटर, फर्निचर, नगद रु १० लाखका साथै रु ३५ लाख बराबरको मदिरा जलेर नष्ट भएको छ ।

राजविराज नगरपालिकाबाट गएको वारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077