Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौंमा यसवर्षकै चिसो, तापक्रम ५ डिग्रीमा झर्‍यो

काठमाडौं । उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । जुन यस वर्षकै सबैभन्दा कम हो ।

हिजो काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ ।

हिमाली जिल्लामा हिमपात भइरहेको छ भने तराईका जिल्लामा पनि बिहानको समयमा हुस्सु/कुहिरो लाग्न थालेको छ ।

देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077