Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘फ्लाइ ओभर’ निर्माण सुरु भएसँगै ग्वार्को–बालकुमारी सडकखण्डमा अत्यधिक सवारी जाम

    ‘फ्लाइ ओभर’ निर्माण सुरु भएसँगै ग्वार्को–बालकुमारी सडकखण्डमा अत्यधिक सवारी जाम

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 555
    SHARES

    काठमाडौं । ललितपुरको ग्वार्को–बालकुमारी सडकखण्डमा अत्यधिक सवारी जाम हुन थालेको छ ।

    ग्वार्को चोकमा फ्लाइओभर निर्माण भइरहेकाले सो क्षेत्रमा जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    बालकुमारी पुलबाट बल्खु जाने आउने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र निजी चार पाङग्रे सवारी साधनलाई फास्ट ट्रयाकमा डाइभर्ड गरिएको ट्राफिकले जनाएको छ ।



    तोकिएको सडक लेनबाट यात्रा गर्न र गराउन चालकलाई ट्राफिक कार्यालयले अनुरोध गरेको छ । यसबाहेक उपत्यकाका अन्य स्थानकाे सवारी आवागमन सामान्य रहेको छ ।

    विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा नै सञ्चालन भैरहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ।

    आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रवारदेखि फ्लाइओभर निर्माण शुरू गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार