डोल्पा । डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको छ ।
जिल्लाको जगदुल्ला गाउँपालिका–३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर नौजना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गएराति नौ बजेको समयमा झडप भएको र झडपमा परी एमालेका चार र माओवादीका पाँचजना कार्यकर्ता घाइते भएका छन् ।
घटना हिजोको भएपनि सोमबार मात्रै जानकारी आएको प्रहरीले जनाएको छ । झडपमा गम्भीर घाइते भएका चार जना एमाले कार्यकर्तालाई हेलिकोप्टर चार्टर गरेर उपचारका लागि काठमाडौं लगिएको छ ।
त्यसैगरी माओवादी समर्थक पाँचजना सामान्य घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ ।