Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीको स्थायी राजधानी आज औपचारिक रुपमा घोषणा गरिँदै, उद्घाटन गर्दै प्रदेश प्रमुख अमिक

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीबाट आजदेखि कार्य औपचारिक रुपमा सुरु हुने भएको छ ।

दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उद्घाटन एवम् झण्डत्तोलन गरी प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा गर्न लागेका हुन् ।

औपचारिक समारोहलाई प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सभाका निवर्तमान सभामुख पूर्ण घर्तीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, भर्खरै सम्पन्न संघ र प्रदेशसभा निर्वाचनका विजयी सांसद, स्थानीयबासीसहित २ हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा रहेको सरकारका प्रवक्ता तिलकराम शर्माले बताए ।

स्थानीयको सहभागिता जुटाउन देउखुरीबासीलाई आव्हान गर्दै राप्ती गाउँपालिकामा सार्वजनिक बिदा पनि दिइएको छ । स्थायी राजधानीबाट प्रदेश सरकारको कार्य सञ्चालन सुरु भएको खुसियालीमा स्थानीय कलासंस्कृति झल्किने झाँकीसमेत प्रदर्शन गरिनेछ ।

२०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामाकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077