Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड र अमरेशबीच सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र अमरेश कुमार सिंहबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र सर्लाही क्षेत्र नं ४ बाट स्वतन्त्र निर्वाचित सिंहबीच खुमलटारमा बुधबार साँझ भेटवार्ता भएको हो ।

भेटमा सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । अमरेश नयाँ पार्टी गठनको तयारीमा छन् ।

रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र निर्वाचित भएका प्रभु साहसँग मिलेर अमरेश पार्टी गठनको तयारीमा लागेका हुन्।

प्रचण्डले प्रधानमन्त्री पदको दाबी गरिरहेका बेला अमरेशसँगको भेटलाई अर्थपूर्णरूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077