Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सोबिता गौतमलाई उछिन्दै प्रतिनिधिसभामा कान्छी सांसद बनिन् निशा डाँगी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निशा डाँगी प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद बनेकी छिन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी रास्वपाकी डाँगी २५ वर्षकी मात्रै हुन् ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदमध्ये डाँगीको उमेर सबैभन्दा कम अर्थात २५ वर्षमात्र छ ।

भद्रपुर नगरपालिका झापाकी डाँगी रास्वपाको खसआर्य समूहबाट सांसद निर्वाचित भएकी हुन् । दोस्रोमा सबैभन्दा कम उमेरकी सांसद पनि रास्वपाकै २६ वर्षकी विनीता कठायत छिन् ।

यसअघि प्रत्यक्षतर्फका १ सय ६५ जना निर्वाचित सांसदमध्ये स्वतन्त्र पार्टीकै सोविता गौतम थिइन् । उनको उमेर २७ वर्ष मात्रै छ । उनै अब तेस्रोमा सबैभन्दा कम उमेरकी सांसद बनेकी छिन् ।

उनी पनि समानुपातिक प्रणालीबाट निर्वाचित भएकी हुन् । आयोगका अनुसार सबैभन्दा बढी उमेरका समानुपातिक सांसदमा राप्रपाका पशुपति शमशेर राणा छन् । उनको उमेर ८० वर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077