Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यी निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ ।

समयमै काम नसक्ने तथा आपूर्ति नगर्ने १३ वटा कम्पनीलाई १ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरी कालो सूचीमा राखिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने १३ कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077