Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाले मनायो २८ औं स्थापना दिवस

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार २८औं स्थापना दिवस मनाएको छ।

महानगरका मेयर बालेन्द्र साह (बालेन) को प्रमुख अध्यक्षतामा र सहरी विकासमन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्यमा विविध कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो।

मन्त्री चौधरीले महानगरपालिकासँग समन्वय गरेर सहरी विकासका लागि नीतिगत सहयोग गर्ने बताए। महानगरपालिकाको वृहत्तर विकासमा योगदान पुर्‍याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई कदरपत्रसहित सम्मान गरिएको छ।

सफाइ अड्डाबाट सुरु भएको महानगरपालिका वि।स। २०५२ साल मंसिर २९ गते मात्रै महानगरपालिका घोषणा भएको थियो। त्यही दिनको सम्झनामा हरेक वर्ष मंसिर २९ का दिन महानगर दिवस मनाउँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077