Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'वान् एक्स बेट' मार्फत सट्टेबाजी गराउने थप एक जना पक्राउ, ७ करोड बढीको कारोबार

काठमाडौं । वान् एक्स बेट मार्फत सट्टेबाजी गराउने अर्का व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । यसअघि तीन जनालाई पक्राउ गरेको प्रहरीले फेरि लमजुङ घर भइ काठमाडौंको टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो ।

विश्वकप लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा वान् एक्स बेटलगायतका एप मार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने एजेन्टका रुपमा उनी सक्रिय रहेको खुलेको छ ।

उनलाई बुधबार महानगरपालिका वडा नं.२८ कमलपोखरीबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गौलीले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा खाता खोली कारोबार गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गौली एक्लैले ईसेवा, आईएमई पे र खल्ती एप्स तथा विभिन्न बैंकिङ प्रणाली मार्फत २ करोड ३६ लाख ३३ हजार १३८ रकम बराबरको कारोबार देखिएको छ ।

यसैगरी विभिन्न व्यक्तिले २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणाली मार्फत ७ करोड ७२ लाख ८९ हजार ४६ रूपैयाँ बराबरको कारोबार गरेको देखिएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077