Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्ड नेतृत्वको सरकार किमार्थ मानिँदैन, कांग्रेससँग सहकार्य हुनसक्छ : सूर्य थापा

    प्रचण्ड नेतृत्वको सरकार किमार्थ मानिँदैन, कांग्रेससँग सहकार्य हुनसक्छ : सूर्य थापा

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 927
    SHARES

    बुटवल । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्युठानका प्रतिनिधिसभा सदस्य सूर्य थापाले एमालेले फेरि पनि वाम गठबन्धनको नाममा सरकार नबनाउने दाबी गरेका छन् ।

    बिहीबार बुटवलमा आयोजित नेकपा एमाले रुपन्देही-प्यूठान सम्पर्क मञ्चको बधाइ तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीहरूसँगको भेटघाटमा बोल्दै नेता थापाले यस्तो दाबी गरेका हुन् ।



    उनले वाम गठबन्धनको बाहानामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएर जाने कुरा स्वीकार गर्न नसकिने बताए । एमाले माओवादी मिलेर बनेको नेकपामा प्रचण्ड र माधव कुमार नेपालको पार्टी कब्जा गर्ने गलत मनशायका कारण समस्या पैदा भएको उनको भनाई छ ।



    ‘केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरे प्रचण्डलाई स्वीकार गर्छौं तर, प्रचण्ड नेतृत्वको सरकार किमार्थ मानिँदैन। कसैले बनाउने प्रस्ताव गरे संसदीय दल, पोलिटव्यूरो र केन्द्रीय समितिमै मैले नोट अफ डिसेन्ट लेखेर विरोध गर्छु,’ थापाले भने ।

    यस्तै उनले स्थायी सरकार बनाउनका लागि नेकपा एमाले र नेपाली कांग्रेस मिलेर जानुको विकल्प नरहेको बताए । एमाले र कांग्रेस मिलेर स्थायी सरकार बनाउने गरी जनादेश दिएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार