Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले गर्‍यो शक्तिशाली अग्नी भी मिसाइलको सफल परीक्षण

एजेन्सी । भारतले शक्तिशाली अग्नी भी (पाँच) ब्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ ।

५ हजार भन्दा बढी किलोमिटरको दूरीमा मार हान्न सक्ने क्षमताको मिसाइलको सफल परीक्षण गरिएको हो ।

यो परीक्षणले भारतको मिसाइल सम्बन्धी हतियारको केही महत्वपूर्ण परीक्षण भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भारत चीन सीमामा जारी तनावको समयमा भएको यो परीक्षणलाई महत्त्वका साथ हेरिएको छ ।

पछिल्लो दुई वर्षमा भारतले यस्ता धेरै मिसाइलको सफलतापूर्वक परीक्षण गरिसकेको छ । गत मे महिनामा भारतले ब्रम्होस सुपरसोनिक क्रूज मिसाइलको सुखोई लडाकु विमानबाट टेष्ट फायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077