Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तानी र अफगानी सेनाबीच भिडन्त, एक जनाको मृत्यु

एजेन्सी । पाकिस्तान र अफगानिस्तान सीमामा गोली हानाहान भएको छ । पाकिस्तानी अधिकारीकाअनुसार दुवै देशको बीच सीमामा तालिवानी जवानले गोली चलाएका हुन् ।

गोली लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । अफगान सैनिक दक्षिणपश्चिममा रहेको चमन बोर्डर नजिक असैनिक इलाकामा गोली चलाएका थिए । सोपछि सीमा क्षेत्रमा रहेको केही गाउँ उनीहरुले खाली गराएका थिए ।

सञ्चारमाध्यमका अनुसार त्यहाँका अस्पताल र क्षेत्रलाई सचेत गराउने काम भएको छ । यसअघि पाकिस्तान र अफगान सैनिकबीच भएको झडपमा ६ जनाको ज्यान गएको थियो ।

तालिवान सैनिकले पहिले पाकिस्तानी सैनिक जवानले गोली चलाएको बताएको छ । समस्या समाधानका लागि दुवै पक्षबीच वार्ताका पहल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077