Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले युक्रेनलाई ८० करोड डलर सुरक्षा सहायता दिने

एजेन्सी । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले देशको वार्षिक रक्षा खर्चका लागि कीर्तिमान ८५८ अर्ब डलर रकमलाई स्वीकृति दिने विधेयक पारित गरेको छ ।

त्यसमा युक्रेनको सुरक्षा सहायताका लागि छुट्ट्याइएको ८० करोड डलर पनि समावेश छ । यस विधेयकले युक्रेन सुरक्षा सहायता पहल नामक कार्यक्रमलाई निरन्तरता दिएको छ ।

उक्त कार्यक्रमअन्तर्गत अमेरिकाको संघीय सरकारले युक्रेनलाई पठाउनका लागि बनाइने हतियारको पैसा तिर्ने गर्छ ।

अमेरिकासँग अहिले भइरहेको हतियार भण्डारबाट हतियार झिक्ने भन्दा पनि नयाँ हतियार बनाउनेमा यस कार्यक्रमले जोड दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077