Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कार्यपालिका सदस्यलाई मेयर हर्क साम्पाङले भने – मैले भनेको नमान्ने भए राजीनामा दिनू

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले आज पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन सुझाव दिएका हुन् ।

बैठकमा बहु साँस्कृतिक पार्क बनाउने विषयमा कार्यपालिका सदस्य अनुप देवानले राय राख्दा मेयर साम्पाङले देवानलाई बाहिर जान भनेका थिए ।

कार्यपालिका सदस्यलाई बोल्न नै नदिई बाहिर जानु भनेपछि त्यसपछि बैठक बसेको छैन । मेयर र उपमेयरबाहेक अरु कार्यपालिका सदस्यहरूले बैठकमा रायसमेत राख्नबाट वञ्चित गराएको भन्दै मेयरले माफी माग्नुपर्ने माग राखेका छन् ।

सदस्यहरूले लगातार कार्यपालिका बैठक बहिस्कार गरेपछि साम्पाङले पत्रकार सम्मेलन गरेर उनीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077