Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको 'कालो दिवस'मा सर्मथन गर्दै बाबुरामले भने -प्रतिक्रान्ति विभिन्न रुप र रङमा आउन सक्छन्, सचेत बनौं

काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवस मनाई रहेका बेला नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पनि सर्मथन गरेका छन् ।

पुस १ गतेलाई कालो दिवसको रुपमा रहेको स्मरण गर्दै नेता भट्टराईले प्रतिक्रान्ति विभिन्न रुप र रङमा आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। भट्टराईले अहिलेको लोकतान्त्रिक गणतन्त्र लाखौंको त्याग र बलिदानबाट प्राप्त गरेको पनि उल्लेख गरेका छन् ।

शुक्रबार डा.भट्टराईले ट्विट गर्दै भनेका छन, '२०१७ साल पुस १ गते कालो दिन नै हो। बिपी र पुष्पलालदेखि हामीसम्मको पुस्ताले सशस्त्र र निःशस्त्र आन्दोलनका विविध रूप र लाखौॅ जनताको त्याग र बलिदानको बलमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गरेको हो। प्रतिक्रान्ति विविध रूप र रङमा आइरहन सक्छन्। अतःसबै सजग रहौं।'

तत्कालीन राजा महेन्द्रले पुस १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेताहरुलाई बन्दी बनाउँदै निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए। उक्त दिनको सम्झनामा नेपाली कांग्रेसले समेत पुस १ गतेलाई कालो दिवसको रुपमा मनाउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077