Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

शान्ति मिशनमा खटिने नेपाली सेनाको संख्या इतिहासमै धेरै, ४२९ जना महिला मात्रै

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिशनमा खटिने नेपाली सेनाको संख्या ६ हजार १६ पुगेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाका अनुसार यो संख्या इतिहासमै सबै भन्दा धेरे हो । जसमध्ये ४२९ जना महिलाहरू रहेका छन् । उनीहरू विभिन्न मुलुकका १२ वटा मिशनमा खटिएका छन् ।

पछिल्लो समय नेपालबाट गत मंसिर २७ गते नेपाली सेनाको 'लाइट इन्फ्यान्ट्री बटालियन'को अन्तिम डफ्फाबाट २ सय २ जना सेनाहरू शान्ति मिसनका प्रस्थान गरेका थिए।

राष्ट्र संघको शान्ति मिशनमा खटिने नेपाली सेनाको संख्या विश्वमै तेस्रो ठूलो हो। नेपालबाट हालसम्म १ लाख ४२ हजार ५८५ जना सैनिकहरू विभिन्न मिशनमा खटिएका छन्। तीमध्ये १ हजार ९८२ जना महिला रहेको जङ्गी अड्डाले जनाएको छ।

विश्व शान्ति स्थापनाको यात्रामा हालसम्म ७१ जना नेपाली सेनाका शान्ति सैनिकहरूले सहादत प्राप्त गरेका छन् भने ६८ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077