Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सोमालियाली सेनाद्वारा अल–शबाबका ८८ लडाकू मारिए

    सोमालियाली सेनाद्वारा अल–शबाबका ८८ लडाकू मारिए

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । सोमालियामा अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा सुरक्षा बलले अल–शबाबका ८८ लडाकूलाई मारेको छ ।

    उपसूचनामन्त्री अब्दिरहमान युसुफ अल अदालाले बिहीबार राति सरकारी टेलिभिजनलाई दिएको जानकारीअनुसार सुरक्षा बलले मध्य शाबेल क्षेत्रको जुहाय गाउँको विशाल जङ्गलमा आक्रमण गरेका र चरमपन्थी समूहहरूले प्रयोग गर्दै आएका हतियार र उपकरणहरू पनि बरामद गरेका छन् ।



    अल अदालाका अनुसार आक्रमणको योजना बनाउन जङ्गलमा समूहबद्ध भएका लडाकूहरूको उपस्थितिबारे पूर्व गुप्तचर सूचनाका साथ यो अभियान सुरु गरिएको थियो ।



    सोमालियाको मध्य भागमा हालैका दिनहरूमा सरकारी फौजले अल–शबाबविरुद्ध कैयौँ अभियान चलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार